गृहमन्त्रीमन्त्री श्रेष्ठ स्वदेश फर्किए

3.32K
shares

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्रीमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी चीनबाट स्वदेश फर्किएका छन् ।

पाँचदिने भ्रमण सकेर उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्किएका हुन् ।उनलाई चीनको छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरे लगायतले बिदाइ गरेका थिए ।

May be an image of 9 people, television, suit and newsroom

११ बजे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएका उनलाई पूर्व सभामुख एवम् माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीमगर, सुरक्षा निकायका प्रमुखहरू लगायतले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरे भने छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

May be an image of 6 people, television, newsroom and text

यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उद्लेद छेन्दु(काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न उनले आग्रह गरेका थिए ।

छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार चीन आएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083