पूर्व गृहसचिव नारायणगोपाल मलेगो सीआईबीको छानबिनमा

4.47K
shares

काठमाडौँ । ललिता निवास प्रकरणमा गृह मन्त्रालयका पूर्वसचिव नारायणगोपाल मलेगो विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन थालेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन मलेगोको पनि भूमिका देखिएपछि छानबिन थालिएको सिआईबीका एकजना उच्च अधिकृतले बताए ।

मलेगो २०७२ मङ्सिर ६ देखि ०७३ भदौ ८ सम्म गृह मन्त्रालयको सचिव थिए । भौतिक योजना तथा निर्माण मन्त्रालयको सह–सचिव हुँदा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा मलेगोको संलग्नता देखिएको छ ।

त्यसबेला भौतिक योजना तथा निर्माण मन्त्रालयले बालुवाटारस्थित ललिता निवास परिसरमा ‘बाटो विस्तार गर्नुपर्छ’ भन्ने प्रस्ताव मन्त्रिपरिषद्ले पठाएको थियो । भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले पठाएको प्रस्तावमा मलेगोले पनि हस्ताक्षर गरेको अनुसन्धानबाट थाहा भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का अनुसन्धान अधिकृतका अनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयको प्रस्तावको टिप्पणी तत्कालीन सह–सचिव मलेगोले ‘राय सहित’ पेश गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083