सन्दीप र दीपेन्द्रले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने

4.03K
shares

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साता सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

सन्दीप र दिपेन्द्र आगामी जुलाई २० देखि क्यानाडामा हुने ग्लोबल टी२० मा सहभागी हुने भएपछि एसिया कप नखेल्ने भएका हुन्।

जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले दुई खेलाडीले इमर्जिङ कप गुमाउने बताएका हुन्।

ग्लोबल टी-२० साउन ४ गतेदेखि सुरु हुँदैछ। लिगमा दीपेन्द्र मोन्ट्रेल टाइगर्स र सन्दीप सर्रे जागुअरमा आबद्ध छन्।

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको शीर्ष ३ टोली छनोट भएका थिए ।

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083