मधेस प्रदेशसभा बैठक अवरुद्ध

4.29K
shares

जनकपुरधाम । मधेस प्रदेश सभा बैठक अबरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले रकामान्तर गरेर बजेट अन्यत्र लगेको भन्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।

सो क्रममा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरुले मुख्यमन्त्रीको जवाफ मागे गरे पछि बैठक १० मिनेटका लागि स्थगित भएको हो ।

एमालेका सांसदले बैठक अवरुद्ध गरे पछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका छन् ।

एमालेका प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ नदिएसम्म बैठक चल्न नदिने जनाएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083