गठबन्धनको निर्णय लगत्तै ओलीसँगको वार्तामा प्रचण्ड-देउवा
वि.सं.२०८० असार २४ आइतवार १२:०८
4.69K
shares
shares

काठमाडौँ । संसद्को अवरोध खुलाउन सत्तारुढ दलका शीर्ष नेताले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता सुरु गरेका छन्।
सत्ता गठबन्धनको निर्णयलगत्तै केपी शर्मा ओलीसँग वार्ताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंहदरबार पुगेका थिए ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्दै आएको छ ।
‘अहिले केहीबेरमा एमाले अध्यक्ष ओलीसँग वार्ता हुँदैछ, त्यसका लागि नेताहरू आउने क्रम सुरु भएको छ’, प्रधानमन्त्री प्रचण्डको सचिवालयले भन्यो, ‘संसद्को अवरोध हटाउनेबारेमा छलफल तय भएको छ ।’





















