संसदमा रवि लामिछानेले सोधे : मिटरब्याजपीडितलाई न्याय दिन विधेयक किन लाइएन ?
वि.सं.२०८० असार २९ शुक्रवार १६:२६
4.28K
shares
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याजपीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताए ।
उनले पीडितलाई न्याय दिनका लागि ल्याउनु पर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गरे ।
कसको कारण र किन उक्त विधेयक नल्याएको भन्दै प्रश्न गरेका उनले तत्काल उक्त विधेयक संसदमा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरेका थिए ।






























