कांग्रेस प्रचार विभागमा तीन सदस्य थपिए

3.17K
shares

काठमाडौं । नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा तीन जना सदस्य थपिएका छन्।

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा आइतबार तीन जना सदस्य थप गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

लमजुङका सन्तोष न्यौपाने, कञ्चनपुरका अशोक शर्मा र रौतहटका सुमन गौतम प्रचार विभाग सदस्य भएका हुन्।

सभापति देउवाले गत जेठ १२ गते विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाएका थिए। यसअघि गत जेठ ३० गते प्रचार विभागमा ३९ जना सदस्य मनोनीत भएका थिए।


divya collage
unigloble collage