सन्दकपुर गाउँपालिका लगनशिल कृषक प्रकाश पराजुली !

4.6K
shares

ईलाम  । कृषि पर्यटनको जिल्लाको रुपमा स्थापित हुन सफल नेपालको एकमात्र जिल्ला ईलामको सन्दकपुर गाउँपालिकामा पछिल्लो समयदेखि कृषी खेतीले किसानको जीवनस्तरमा सुधार भएको छ ।

यहाँबाट हाल दैनिक लाखौ लाख मुल्य बराबरको तरकारी फलफुल लगाएत अन्य कृषी सामग्री भारतीय बजारमा जाने गरेको छ । ६ महिना भित्र करोड भन्दा बढी मूल्यको तरकारी लगाएत अन्य सामग्री बेचेर गाउँबासीहरुले रकम भित्र्याउन सफल भएका छन् । समग्रमा ईलाम जिल्ला कृषी क्षेत्रको लागि उपयुक्त जिल्लाको रुपमा समेत चिनिएको छ । यहाँ थरीथरीका कृषी सम्बन्धी खेती गरिदै आएको छ । त्यसैले पनि यो एक महत्वपुर्ण जिल्ला मानिएको छ ।

ईलाम  जिल्लाको सन्दकपुर गाउँपालिकालाई पनि कृषीको लागि एक उपयुक्त गाउँपालिको रुपमा लिईएको छ । त्यही गाउँपालिका वडा नम्बर ३ मा अवस्थीत प्रकाश पराजुलीले पनि लामो समय देखी नै कृषी खेती गर्दै आएका छन् । एक लगनशिल र मेहेनतीका रुपमा परिचित पराजुलीको अहिले कृषी ब्यवसाय राम्रोसँग फस्ट्याउँदै गएको छ ।

उनले आधुनिक खेति प्रणालीमा बिश्वास गर्दै आएका छन्, यही आधुनीक कृषीबाट आफ्नो घरमा आफ्नै गाउँमा बसीबसी राम्रो आम्दानि गर्दै आएका छन् ।

No description available.

उनलाई कृषी क्षेत्रमा लाग्न आफ्नो परिवारले राम्रो साथ दिएको र अहिले पनि निरन्तर सु:ख दु:खमा साथ दिदै आएका छन् । उनी राजनीती क्षेत्रमा पनि आबद्ध रहेका छन् उनी एमाले पार्टी इलाम जिल्ला सदस्य समेत हुन् । तर अहिले राजनीती भन्दा पनि उनी आफ्नो कृषी क्षेत्रमा धेरै सक्रीय रहेका छन् । करिब ६ बर्षदेखि नै उनी बिभिन्न संघ संस्था समाजसेवी कार्यमा आबद्ध छन् । वर्तमान अवस्थामा उनले आफ्नो गाउँपालिकामा कृषी सम्बन्धि तालिम पनि अन्य कृषकहरुलाई दिदै आएका छन् । यस बिषयले गाउँपालिकाका आम जनताहरु आम कृषकहरु खुसी हुँदै आएका छन् ।

उनको कृषी फार्र्ममा बिभिन्न प्रकारका तरकारीहरु, फलफुलहरु लगाएत अन्य प्रकारका अर्गानीक कृषी सामग्रीहरु उत्पादन हुँदै आएको छ । साथै बोइलर कुखुराको फार्म पनि उनिसँग रहेको छ । अन्तत उनको कृषी खेतीप्रतीको माया र उनको प्रगतीलाई मुल्याङ्कन गर्दा खेरी इलाम जिल्लामै एक नमुना किसानको रुपमा उनी उदाएका छन् ।

No description available.

नेपाल एउटा कृषिप्रधान देश हो । यहाँका करिब ८० प्रतिशत मानिस कृषि पेसामा आबद्ध छन् भनिन्छ । यस्तो भनिरहँदा नेपालमा उत्पादन हुने भन्दा ८० नै गुणा बढी दैनिक उपभोग्य वस्तुहरू आयात विदेशबाट भइरहेको छ । नेपालमा उत्पादन भएका उत्पादित वस्तु बाहिरी देशमा निर्यात हुन नसक्दा नेपालमा व्यापारघाटा दिनानुदिन बढ्दै गइरहेको छ । नेपालमा उत्पादित दैनिक उपभोग्य वस्तुको आन्तरिक बजारमा पुग्दा उक्त वस्तुभन्दा आयातित वस्तुभन्दा महँगो हुने गरेको पाइन्छ भने अर्कातर्फ हामी उपभोक्ता पनि स्वदेशी भन्दा पनि विदेशी वस्तुप्रति आकर्षित हुने भएकाले हाम्रो देशको व्यापारघाटा दिनदिनै बढ्दै गइरहेकोे छ ।

No description available.

एकातर्फ नेपालमा उत्पादन हुने बहुमूल्य खाद्यान्नको क्षेत्रगत बजारको समस्या भएकाले उत्पादित खाद्यान्न खपत गर्ने उपभोक्तामा पुग्न सकेको छैन भने अर्कातिर उत्पादन भएका वस्तुको बजार सानो छ । मानौं, झापा जिल्लामा उत्पादन हुने धान झापा जिल्लामा मात्र खपत हुँदैन । सानो बजार त्यसमा पनि कृषकहरू सबैले आफ्नो लागि पुग्ने प्रायः सबैले उत्पादन गरेकै हुन्छन् भने बचेको खाद्यान्न पहाडि जिल्लामा ढुवानी गरी बिक्री गर्दा ढुवानी महँगो हुन आउँछ र आयातित खाद्यान्न सस्तो हुन जान्छ किनकि विदेशमा गरिने खेती व्यवसायमुखी हिसाबले गरिएको हुने भएकाले धेरै जमिनमा खेती गरिन्छ, तर नेपालमा गरिने खेती व्यवसायमुखी नभएर परम्परागत हुने भएकाले उत्पादन लागत बढ्न गई स्वदेशी उत्पादन महँगो हुने भएकाले दिनानुदिन नेपाल कृषिजन्य उत्पादनमा विदेशी देशहरूमा निर्भर हुनु परेको छ, जसले देशको व्यापारघाटा बढ्दै गइरहेको देखिन्छ ।

तस्वीरमा हेर्नुहोस्

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083