‘सुरक्षाकर्मीहरूले आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत बनाउन जरूरी छ’ : प्रहरी महानिरीक्षक कुँवर

3.11K
shares

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुरक्षा जस्तो संवेदनशील सेवामा काम गर्नुपर्ने भएकोले प्रहरीले कानून, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ र त्यसका लागि आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत बनाउन जरूरी रहेको बताएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार केसीद्वारा लिखित ‘Enhancing Policing in Nepal, Human Security Informed Approach, Concept & Implications’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवामा रहँदा रहँदै बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा समेत योगदानको लागि समय निकाल्न सफल प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीको समर्पण र लगाव अनुकरणीय रहेको उल्लेख गरे । जनमानसको परम्परागत बुझाइमा प्रहरी भनेको फिल्डमा ढाल, डन्डा, लठ्ठी र बन्दुक बोकेर खटिने भएपनि यस पुस्तकले आम नागरिकमा व्याप्त रहेको सो धारणा चिर्न केही हदसम्म सफल हुने र नेपाल प्रहरी फिल्ड ड्यूटीमा मात्रै हैन बौद्धिक क्षेत्रमा पनि सक्षम छ भन्ने दृष्टान्त यस पुस्तक विमोचन समारोहको सन्देश भएको उनले बताएका थिए ।

साथै यस पुस्तक नेपाल प्रहरी लगायत देश-विदेशका अन्य सुरक्षा निकायको लागि पनि महत्वपूर्ण दस्तावेजको रूपमा रहने विश्वास उनले व्यक्त गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र   President of center for Peace and Conflict studies, Cambodia का डा. एम्मा लेस्लीले उक्त पुस्तक विमोचन गर्नुभएको थियो ।

नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र President of center for Peace and Conflict studies, Cambodia का डा. एम्मा लेस्लीले पुस्तक सम्बन्धी आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्दै पुस्तक सुरक्षा निकायमा कार्यरतका साथै अनुसन्धानमा संलग्नलाई विशेष उपयोगी हुने बताए । समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तकका लेखक प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार केसीले पुस्तकको विषयबस्तु, रिसर्चका लागि अपनाइएका उपायहरू लगायतका विषयमा संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, नेपाली सेनाका उपरथीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिव, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 10 people, dais and textMay be an image of 3 people and daisMay be an image of 1 person, dais and text

May be an image of 9 people, speaker, dais and text

May be an image of 11 people and dais

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083