माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने
वि.सं.२०८० साउन १५ सोमवार १८:०१
3.33K
shares
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ।
सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
‘१७ गतेबाट बस्ने बैठकको हाम्रो पार्टीले आधिकारिक ढंगबाट लाइभ गर्छ। बैठकको सुरुआतदेखि अन्त्यसम्म सबै बैठक लाइभ गर्ने निर्णय भएको छ।’ उनले भने ।
यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो।






























