नेपाल प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया सम्पन्न

3.42K
shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको प्रमुख आतिथ्यता प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रमा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले सम्रग सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताए ।

उनले अन्तरक्रियामा आएका सुझावहरूबाट सम्रग सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन, सुरक्षा सम्बन्धी रणनीति निर्माण गर्न एवं राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आन्तरिक र बाह्य सुरक्षाका विषयहरूमा आवश्यक निर्णय लिन विशेष सहयोग पुग्ने बताए ।

अपराधको प्रवृत्ति फरक ढंगबाट परिमार्जित भइरहेको भन्दै उनले वर्तमान अवस्थामा त्यस्ता अपराधको सामना गर्न सोही अनुरूप सुरक्षा निकायहरूलाई तयार गर्नुपर्ने बताए ।

May be an image of 13 people, dais and text

प्रहरीको क्षमता अभिवृद्धिका साथै संगठनलाई प्रविधियुक्त बनाउँदै थप सुदृढिकरण गर्दै जानुपर्ने उल्लेख गर्दै उहाँले सबै सरोकारवाला निकायबीच एकीकृत सूचना स्थापना गरी सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन सकिने उनको भनाई छ।

त्यस्तै कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले नेपाल प्रहरीले सीमित साधन स्रोत एवं जनशक्तिको वावजूद अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

May be an image of 9 people

गृहसचिव भट्टराईले आउँदा दिनमा प्रहरी संगठनलाई अझै दक्ष, साधनस्रोत सम्पन्न, सुदृढ एवं प्रविधियुक्त बनाउँदै लैजानेतर्फ गृह मन्त्रालय निरन्तर क्रियाशील रहेको बताए । सबै सुरक्षा निकायबीच एकीकृत सूचनाको आदान प्रदान एवं समन्वय भएमा राष्ट्रिय सुरक्षा प्रणालीमा थप प्रभावकारिता आउने उनले बताए ।

सो अवसरमा प्रहरी महानिरीक्षक आईजीपी बसन्त कुँवरले धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय सुरक्षाको परम्परागत दृष्टिकोण अनुसार राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा नै राष्ट्रको महत्वपूर्ण आधार स्तम्भ रहेको बताए ।

May be an image of 10 people

राष्ट्रिय सुरक्षाको सवालमा नेपालमा कानून कार्यान्वयन गर्ने प्रमुख सुरक्षा निकायको रूपमा नेपाल प्रहरीको पनि सशक्त भूमिका र योगदान रहेको आईजीपी कुँवरको भनाई छ ।

कार्यक्रममा नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083