एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

3.61K
shares

काठमाडौं । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

एसिया कप क्रिकेट अगष्ट ३१ मा सुरु हुँदैछ । उक्त प्रतियोगितामा नेपाल भारत र पाकिस्तान रहेको समूह ए मा छ ।

नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्नेछ एसिया कपअघि नेपाल टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले केही अभ्यास खेल पनि खेल्नेछ ।

यी हुन् १७ सदस्यीय टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083