जनतासँग माओवादी : बिशेष रुपान्तरण अभियान प्युठान वडा नम्बर ७ को तयारी बैठक सम्पन्न

7.94K
shares

प्युठान । प्युठान नगरपालिका नगरप्रवक्ता सुमनराज श्रेष्ठ यतिबेला प्युठान गृह जिल्लामा खटिएका छन्। तीन महिने रुपान्तरण अभियान प्युठान नगरपालिका वडा नम्बर ७ को जिम्मेवारी पाएका उनले मुख्यगरी प्युठान नगरपालिका वडा नम्बर ७ मा शून्य अवस्थामा पुगेको संगठन ब्युँताउने लक्ष्य लिएका छन्। उनी  वडा नम्बर ३ का वडा अध्यक्ष समेत हुन् ।

प्युठान नगरपालिका वडा नम्बर ७ मा कमिटीको बैठकमा पार्टीले लिएको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान भब्यताका साथ सफल पार्ने गरि तयारी बैठक सम्पन्न भएको छ।

नेकपा (माओवादी केन्द्र ) प्युठान नगरकमिटीको बैठक मार्फत पदाधिकारीहरुले एक वडाको इन्चार्ज /संयोजनको जिम्मेवारी बमोजिम वडा अध्यक्ष श्रेष्ठको भूगोल ७ नम्बर वडा रहेको छ।

प्युठान नगरभित्रको पार्टीको कमजोर तथा जोखिम वडाका रुपमा लिदै आएको यस वडाले नया संकल्प र प्रतिबद्धताका साथ अगाडी बढेको नगरप्रवक्ता श्रेष्ठले बताए ।

पार्टी र नेतृत्वप्रती पुर्ण बिश्वास रहेको बताउँदै ३ महिने महाअभियानले ७ नम्बर वडामा नँया अध्याय र श्रृङ्खला पुरा हुने गरि जनताको पार्टी माओवादी नै हो भन्ने आधार तयार हुने बताएका छन् ।

साथै नगरप्रवक्त श्रेष्ठले पार्टी पुनः निर्माण सहित जनतामा जाने रुपान्तरित अभियानमा सबैको सकारात्मक सल्लाह, सुझाव र सहयोग सँगै अभियानमा सामेल हुन हार्दिक अपिल समेत गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083