नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ (सूचीसहित)
वि.सं.२०८० भदौ १६ शनिवार १८:५६
8.61K
shares
shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन्।
प्रहरी उपरीक्षकको सरुवा हुँदा केही जिल्ला प्रहरी प्रमुख समेत फेरिएका छन् ।
बारा, सुनसरी, कपिलवस्तु, भक्तपुर, रौतहट, नुवाकोट, इलाम, कास्की, उदयपुर र दाङ लगायत जिल्लाको प्रमुख फेरिएका छन् ।
दाङमा राम बहादुर के.सि, बारामा सुरेश काफ्ले, पूर्वी नवलपरासीमा नरहरि रेग्मी, कपिलवस्तुमा नवरत्न पौडेल, उदयपुरमा रमेश थापा, भक्तपुरमा वेद बिष्ट, नुवाकोटमा संन्जय सिंह थापालाई जिम्मा दिइएको छ। एसपी बासुदेब खतिवडालाई ईलाम र मोहन थापाले कास्की प्रहरी प्रमुखको जिम्मा पाएका छन्।
































