ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने
वि.सं.२०८० भदौ २४ आइतवार १३:५९
7.01K
shares
shares

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।
बहस पछि आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुनेछ ।






























