प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत
वि.सं.२०८० भदौ २९ शुक्रवार २२:२०
6.29K
shares
shares

काठमाडौं। सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा भाग लिन शनिबार जाँदैछन्। उतैबाट असोज ५ गते प्रधानमन्त्रीको चीन भ्रमणमा जाने कार्यतालीका रहेको छ।





















