उपाध्यक्ष डा. लामा र खुनयिङ सुदारत बीच भेटवार्ता: मायादेवी मन्दिरको रिडिजाइनमा सहयोग गर्ने प्रतिबद्धता

16.21K
shares

काठमाडौ । लुम्विनीको मायादेवी मन्दिर पुननिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको थाई फुङ थाईले पुनः डिजाइनको लागि युनेस्कोको पुरातत्व विभागको स्वीकृत डिजाइन अनुसार निर्माणमा सहयोग गर्न तयार  रहेको प्रतिवद्धता व्यक्त गरेको छ।

संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा र उक्त संस्थाको प्रमुख खुनयिङ सुदारतसँग बैंककको भेट तथा छलफलमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । फुङ थाईकाको प्रतिबद्धता बाट लुम्बिनीको विकास थप टेवा मिल्ने भन्दै उक्त प्रतिबद्धता बाट आफूहरु उत्साहित भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताएका छन् ।

लुम्विनी स्थित राजकीय थाई विहारको प्रमुख फ्रा चखुन बोधिविदेशको समेत उपस्थितिमा भएको छलफल कार्यक्रममा लुम्विनी मायादेवी मन्दिरमा देखिएको हालको समस्या मर्मत सम्भार गरेर मात्र समाधान नहुने भएकाले पुनः डिजाइन गर्न पर्ने जोड दिएका थिए।

मायादेवी मन्दिरको पुन डिजाइन तथा पुनर्निर्माणको लागि आवश्यक प्रकृया अगाडि बढाउन यस अघि लुम्विनी विकास कार्यसमितिको बैठकले निर्णय गरेको थियो।

कोषको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध् समस्याहरू समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरूको सहयोगमा कोष स्थापना गर्ने गरी कार्यकारिणी वा परिषद् बैठकमा प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो

मन्दिरको जीर्णोद्वारका लागि सुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष लामाले ७ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।


divya collage
unigloble collage