साफ यू-१९ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित
वि.सं.२०८० असोज ४ बिहीवार २१:४९
5.93K
shares
shares

काठमाडौं। साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफकाे ७७ औं मिनेटमा पाकिस्तानका अली जाफरले गोल गरेका हुन् ।
पहिलो हाफमा नेपालका कप्तान गोलकिपर जियारत शेखले पाकिस्तानका ६ वटा प्रहारको उत्कृष्ट बचाउ गरेका थिए ।

























