एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा घोषणासभा गर्ने तयारी, सल्लाह सुझाव दिन अपिल

6.93K
shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा(आरके) ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन ।
संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणा सभा गर्न लागेका हुन । शर्माले घोषणा सभामा कार्ययोजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन ।
कतारमा औपचारिक घोषणा सभा गर्नुअघि शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए । गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा अभियन्ताहरुसँग सल्लाह सुझाव लिन उनी विश्वका प्राय सबै एनआरएनएको अधिवेसन भएका देशको भ्रमणमा निस्केका थिए ।
एक साता भन्दा लामो अमेरिकी क्षेत्रको भ्रमण सकेर उनी अहिले कतार फर्किसकेका छन । विभिन्न देशको भ्रमणमा रहँदा शर्मालाई अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।
एसिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित हुने दाबी गरे । उनले भने, “एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ ।”
कतारमा औपचारिक घोषणा सभा गर्नुअघि शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए । गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा अभियन्ताहरुसँग सल्लाह सुझाव लिन उनी भ्रमणमा निस्केका थिए ।
एक साता भन्दा लामो भ्रमण सकेर उनी अहिले कतार फर्किसकेका छन् । विभिन्न देशको भ्रमणमा रहँदा शर्मालाई अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।
एसिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित हुने दाबी गरे । उनले भने, “एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ ।”

सबै गैरआवासीय नेपालीहरुबाट सल्लाह सुझाव लिएपछि २ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गरिने कार्यहरुको योजना शर्माले घोषणा सभामा आफ्नो बाचापत्र भनेर सार्वजनिक गर्ने छन् । एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083