लिबर्ड संस्थाद्वारा रुबीभ्याली गाउँपालिकाका जन प्रतिनिधिलाई कृषि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

9.4K
shares

काठमाडौ । लिबर्ड संस्थाद्वारा रुबीभ्याली गाउँपालिकाका जन प्रतिनिधि र कर्मचारीहरुलाई ४ दिने कृषि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।

४ दिने कृषि अवलोकन भ्रमण गराउने क्रममा कास्की, स्याङजा र लमजुङ जिल्लाको बिभिन्न कृषि उत्पादक सहकारी, समूह, अनुसन्धान केन्द्र, जैबिक स्रोत संरक्षण संस्थाको प्रत्यक्ष स्थलगत निरिक्षण तथा अवलोकन गरेको छ ।

ूगाउँपालिका अध्यक्ष रामसिंह तामाङका अनुसार अवलोकन भ्रमणको क्रममा कास्कीको प्रगतिशिल कृषि उत्पादक सहकारी संस्थाले अर्गानिक खेति प्रणालीमै किसानलाई उत्पदानमा आकर्षण गरेको कुरा बिशेष रहेको बताए । स्थानीय सामुदायिक रैथाले बिउ बैंक स्थापना गरी प्राचिन बिउ संरक्षणमै संस्थाको महत्वपूर्ण योगदान रहेको बताए ।

No description available.

समर्थन मूल्य निर्धारणको निति अवलम्बन गरी किसानलाई बिषेश राहात सहित उत्पदित बस्तुको खरिद ग्यारेन्टि गरेको बताउँदै सहकारी भन्ने वित्तिकै बचत र ऋणको कुरा आउॅछ तर स्थानीय सहकरीले किसानले उत्पादन गरेको बस्तुको सुनिश्चितताको समन्वयकारी भूमिका गरेको छ । यसैगरी फेदीखोला गाउॅ पालिकाले न्युनतम समर्थन मूल्य लागतको आधारमा किसानलाई उत्पादन, बजारिकरण र प्रोत्साहन कार्यक्रम लागु गरेको बताए ।

गाउँपालिकाले बॅाझो जग्गा निरुत्साहन, यूवा स्वरोजगार, भकारो सुधार, मज्दुर संञ्चित कोष, कृषि सिकाई केन्द्र स्थापना, गोठ सुधार कार्यक्रम लगाएत उत्कृष्ठ योजना अवलम्बन गरेको बताए ।

लमजुङको मिन बहादुर गुरुङले माहुरी पालनबाट गरेको आम्दानी सुन्दा अचम्म लागेको बताउँदै जसको प्रेरणाले रुबिभ्याली पनि एउटा मह उत्पादन जोन बनाउन सकिने विश्वास मिलेको उल्लेख गरेका छन् । अन्तत समग्रमा अभियान फलदायी रह्यको जानकारी गराउँदै यस्तो प्रकारको सिकाईहरुले रुबिभ्यालीको बिशेषतामा पनि निति निर्माण गर्न कोशे ढुङ्गा साबित हुने कुरा बताए । साथै अवसरको लागि लिबर्डलाई बिशेष धन्यबाद समेत ब्यक्त गरेका छन् ।

No description available.