डेंगु संक्रमणबाट शिक्षकको मृत्यु

9.07K
shares

दाङ । डेंगु संक्रमणबाट दाङमा एक जनाको मृत्यु भएको छ। डेंगु संक्रमणबाट रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।

डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो। उनको उपचारकै क्रममा आज मृत्यु भएको हो।

डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083