ट्राफिक प्रहरी कर्मचारीहरुलाई चाडपर्वको शुभकामना सहित आवश्यक निर्देशन सम्पन्न

4.36K
shares

सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी तथा अन्तरगत रहेका ट्राफिक प्रहरी ईकाईका प्रहरी कर्मचारीहरुलाई चाडपर्वको शुभकामना सहित आवश्यक निर्देशन दिनु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय ईटहरीको सभाहलमा आज एक कार्यक्रमको आयोजना गरी ट्राफिक प्रहरीहरुलाई निर्देशन दिनु हुँदै बास्तोलाले चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटनाका साथै जन धनको क्षतिलाई न्युनिकरण गर्न हर हमेशा सुरक्षामा तैनाथ रहन निर्देशन दिनु भयो ।

यसका साथै चाडपर्वको समयमा यात्रुवाहक सवारी साधनहरुले ट्राफिक नियम उलंघन गरी सवारी चलाउन सक्ने हुँदा त्यसतर्फ समेत बिशेष ध्यान दिन र राजमार्ग तथा सहायक राजमार्गहरुमा सवारी चेकजाँच गर्दा ब्यबस्थित तरिकाले मात्र चेकजाँच गर्नका साथै सवारी चालक तथा यात्रुहरुलाई अनावश्यक हैरानी नदिई सौहार्दपुर्ण तवरले चेकजाँच गर्न समेत निर्देशन दिनु भयो । यसका साथै प्रनामनि बास्तोलाले सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाइ वडादशै, शुभदिपावली, नेपाल सम्बत तथा छट पर्वको शुभकामना समेत दिनु भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083