विजया दशमीको अवसरमा एआईजी भण्डारीद्धारा शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न

5.2K
shares

काठमाडौ । विजया दशमी, शुभ-दीपावली, नेपाल संवत् एवं छठ पर्व २०८० को पावन अवसरमा आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथीद्धारा शुभ-कामना दिने क्रममा सम्पूर्ण प्रहरी कर्मचारी, सेवा निवृत्त प्रहरी कर्मचारीहरु, प्रहरी परिवार तथा अमर प्रहरी परिवारहरुमा सुख, शान्ती एवं समृद्दिको कामना गर्नु भयो । शुभ(कामनाकै क्रममा विरगति प्राप्त गर्ने अमर प्रहरीहरु प्रति श्रद्धाभाव प्रकट गर्दै अमर प्रहरी परिवारजनहरु प्रति हार्दिक सदभाव पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथीले पूर्व प्रहरी कर्मचारीहरुले संगठनको समृद्धिमा पुर्‍याउनु भएको योगदान र निर्माण गर्नु भएको मार्ग चित्रका लागि आदर भावका साथ कृतज्ञता समेत व्यक्त गर्नु भयो।

May be an image of 8 people and text that says "S0 National Police Academy, a jgunj"

त्यसै गरी, कार्यक्रममा प्रमुख अतिथीज्यूले ज्ञान, सीप र कौशलले निपुर्ण प्रहरी जनशक्ति उत्पादन गर्ने सघन अभिभारा प्रशिक्षण प्रदायक कार्यालयलाई रहेको प्रसंग स्मरण गराउदै आफूलाई निर्दिष्ट जिम्मेवारी प्रति संवेदनशिल र ईमान्दार हुन सबैलाई निर्देशन समेत गर्नु भयो । साथै, चाड पर्व हर्षोल्लासका साथ मनाउन हुन सबैलाई अनुरोध गर्नुभयो तर चाड पर्व मनाउने क्रममा पुर्ण सजगता अपनाउनु हुन र कुनै पनि गैर-व्यवसायिक गतिविधिमा संलग्न नहुन समेत निर्देशन गर्नु भयो।

कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री रबिन्द्र के.सी, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जि.सी, प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक श्री बेल बहादुर पाण्डे, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रशिक्षक वर्ग, खेलाडि प्रहरी कर्मचारीहरु लगायत विभिन्न सेवाकालिन एवं आधारभूत तालिमका प्रशिक्षार्थिहरु समेतको सहभागिता रहेको थियो ।

फोटोमा हेर्नुहोस्

May be an image of 1 person, dais and text

May be an image of 9 people, dais and text

May be an image of 1 person, ambulance and text that says "National Police Academy, Maharajgunj"

May be an image of 14 people and text that says "S National Police Academy, Maharajgunj"National Police Academy बाट साभार 

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083