एसएसपी भूपेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० कात्तिक ३ शुक्रवार १८:३५
shares

काठमाडौ । प्रहरी प्रभाग साँखु र सामुदायिक प्रहरी सेवा केन्द्र, शंखरापुरको आयोजनामा साँखु सामुदायिक भवनको प्राङ्गणमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित अपराध न्यूनिकरण सम्बन्धी अन्तरक्रिया तथा शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा उठेका प्रश्नहरुको सम्बन्धमा सम्बोधन गर्नु हुँदै सुरक्षित समाज निर्माणको लागि प्रहरी र नागरिकको सहकार्यबाट मात्र समाजमा शान्ति सुरक्षा कायम राख्न सकिने धारणा व्यक्त गर्नु भएको र शान्ति सुरक्षा कायम राख्न प्रविधिको उच्चतम प्रयोग गर्न स्थानीय तह, सामुदायिक संघ संस्थाको साझेदारीबाट CCTV हरु जडान भई संचालनमा आएको जुन CCTV विस्तार कार्यक्रमको अझ प्रभावकारी बनाउन हुन समेत आग्रह गर्नु भएको ।

कार्यक्रममा शंखरापुर नगरपालिकाका उप मेयर समिता श्रेष्ठ, प्रहरी बृत्त बौद्धका प्रमुख प्र.ना.उ राजु पाण्डे प्रहरी, प्रहरी प्रभाग, साँखुका प्रहरी निरीक्षक निरोज चौलागाई, पुर्व प्रहरी कार्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र स्थानीय भद्र भलादमीहरु लगायतको उपस्थिति रहेको थियो ।




































