विजया दशमी २०८० को अवसरमा एआईजी सन्दिप भण्डारीद्वारा टिका ग्रहण कार्यक्रम सम्पन्न
वि.सं.२०८० कात्तिक ९ बिहीवार १२:४१
6.45K
shares
shares

काठमाडौ । २०८०/०७/०७ गते मंगलबार र बुधबार विजया दशमीको अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइ दिनु भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थित कार्यकारी निर्देशककाे निवासमा आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई टिका तथा जमरा लगाइदिनुका साथै सुख, शान्ति, समृद्धि, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।
उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नारी विकास केन्द्रकी अध्यक्ष श्रीमती प्रभा शर्माले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो ।













