प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरद्वारा घाईते प्रहरी कर्मचारीहरुलाई आर्थिक सहयोग प्रदान
वि.सं.२०८० कात्तिक १२ आइतवार १९:२१
4.59K
shares
shares

काठमाडौ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारी कर्तव्य पालनाको सिलसिलामा घाईते भई उपचारार्थ नेपाल प्रहरी अस्पताल महाराजगंजमा रहेका घाईते प्रहरी कर्मचारीहरुलाई प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर ज्यूले आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
आज नेपाल प्रहरी अस्पतालमा पुगेर अध्यक्ष लक्ष्मी कुँवर लगायत संघका पदाधिकारीहरुले प्रतक्ष भेटी शिघ्र स्वास्थ्य लाभको कामना सहित प्रहरी श्रीमती संघको वार्षिकोत्सव – २०८० को अवसरमा गरिएको निर्णयानुसारको आर्थिक सहयोग (उपचार खर्च) प्रदान गर्नुका साथै नेपाल प्रहरी अस्पतालमा उपचारत अन्य विरामीहरुलाई समेत प्रतेक्ष भेटघाट गरि शिघ्र स्वास्थ्य लाभको कामना समेत प्रदान गर्नु भएकाे थियाे।
































