प्रिन्सिपल सर्राफ हत्या प्रकरण : ५ आरोपी सार्वजनिक

3.47K
shares

काठमाडाैं । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (स्वर्णकार) को हत्या प्रकरणमा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको छ । प्रहरीले यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ। उनी बाल एकता स्कुलकी पूर्वलेखापाल समेत हुन्।

सर्राफमाथि गोली प्रहार गर्ने चार जना भने फरार रहेको प्रहरीले जनाएको छ। हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083