प्युठान नगरपालिकाको कार्यपालिका बैठकद्धारा निर्णयहरु सार्वजानिक

5.95K
shares

प्युठान । प्युठान नगरपालिकाको कार्यपालिका बैठकले आज कही महत्त्वपूर्ण निर्णयहरु गरेको छ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानबिय र भौतिक क्षति प्रति दुख व्यक्त गर्दै प्युठान नगरपालिकाबाट रु. ५ लाख सहयोग गर्ने र प्युठान नगरपालिकाका कार्यपालिका सदस्यहरुले १५ दिनको सेवा दिने निर्णय गरेको हो।

प्युठान नगरपालिकाले साउदी अरेबियामा रोजगारी सिलसिलामा गएका प्युठान नगरपालिका – ३ बिजयनगरका सन्तोष कुमालको दुस्खद निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अति गरिब सन्तोष कुमालको परिवारलाइ रु. ४० हजार सहयोग गर्ने निर्णय गरेको हो।

त्यसै गरी प्युठान नगरपालिकाको शिक्षा शाखामा नेपाल बिद्यार्थी संघद्रारा लगाइएको तालाका सन्दर्भमा बार्ता, सम्वाद र प्रतिबेदन लेखन समिति बनाएर हल गर्ने निर्णय समेत भएको हो।

बार्ता समितिमा संयोजक देबेन्द्र वर्मा , सदस्य सुमनराज श्रेष्ठ, नन्दराम पुन, शम कार्की सदस्य सचिब प्रशासन शाखा प्रमुखको नेतृत्वमा उत्त बैठकले समिति बनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083