“तेक्वान्दो आधारभूत तालिम (प्र.ज.)” ३५ औं समूहका प्रशिक्षार्थिहरूलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
वि.सं.२०८० कात्तिक २३ बिहीवार २३:०५
shares

काठमाडौ । २०८० कात्तिक २३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अर्पण सभाहलमा स्वीकृत वार्षिक तालिम क्यालेण्डर बमोजिम २०८०/०४/१५ गते देखि प्रतिष्ठानमा सञ्चालित १५६ कार्यदिन अवधिको आवसीय “तेक्वान्दो आधारभूत तालिम (प्र.ज.)” ३५ औं समूहका ३० जना प्रशिक्षार्थिहरुलाई निर्देशीत भएका छन् ।
२०८०/०७/२४ गते देखि २०८०/०८/०६ गते सम्म १० दिन मध्यावधि बिदा छाड्न लागिएको अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा कार्यक्रममा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई अनुशासन र आचरणमा रही विदामा बसेको बखत पनि उच्छृङ्खल एवम् गैर जिम्मेवार गतिविधिमा संलग्न नहुन निर्देशन दिनु भएको थियो ।
साथै प्रशिक्षार्थीहरुलाई आउँदै गरेको शुभ दिपावाली तथा छठ पर्वको शुभकामना समेत प्रदान गर्नु भएको थियो ।






























