माओवादी केन्द्र र नेसपाबीच एकता प्रक्रिया अघि बढ्यो

4.64K
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता वार्ता समितिको बैठक बसेको छ।

आइतबारको वार्तापछि दुबै पार्टीको वार्ता समितिले संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकताका लागि दुबै पार्टीको नेतृत्वलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको जानकारी दिएको छ ।

‘बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ’ विज्ञप्तिमा भनिएकाे छ ।

पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083