सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगमा चार सदस्य थप

5.6K
shares

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा चार जना सदस्य थपिएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगको मागबमोजिम चारजना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको हाे । तर  आयोगमा थपिएका सदस्यहरू को हुन् भन्ने खुलिसकेको छैन।

असोज १४ गते बसेको मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो। यसका लागि पुरानो गृह मन्त्रालयको भवनमा कार्यालय राखिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083