मातहत प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा निर्देशन

4.56K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाद्धारा मातहत जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिएका छन् ।

आज  Virtual माध्यमद्धारा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई नेपाल प्रहरीको कार्य सम्पादन सम्झौता कार्यान्वयको त्रैमासिक कार्य सम्पादन सम्बन्धी भएका प्रगति बिवरण तथा आगामी दिनमा सुधार गर्नु पर्ने कार्यहरुको सम्बन्धमा मातहत प्रहरी प्रमुखहरुसँग छलफल गरी सो सम्बन्धमा आवश्यक निर्देशन समेत दिएका हुन् ।

साथै उनले निर्देशनको क्रममा बिभिन्न अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न तथा आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन २४ सै घण्टा प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा मिलाउन, लागुऔषधको प्रयोग र ओसारपसार, बिष्फोटक पदार्थ, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्नु पर्ने बताए ।

May be an image of 5 people and text

त्यसै गरी होटलहरुमा हुने अवान्छित क्रियाकलाप नियन्त्रण गर्न र सचेतनामुलक कार्यक्रम तिब्र रुपमा संचालन गरी चेतनामा अभिबृद्धी गराउन तथा सम्पुर्ण प्रहरी कर्मचारीहरुले बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्दै आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित ढंगले कार्य गर्न र कार्यालय सुन्दरतामा बिशेष ध्यान दिन निर्देशन दिएका थिए ।

May be an image of ‎4 people, dais and ‎text that says '‎नेपाल प्रहरी सत्य सरक्षणम प्रहरी सत्ये सरक्षणग कोशी प्रदेश प्रहरी कार्यालय الکیلت oassion 精ች passion passion 10 出‎'‎‎

May be an image of 6 people, television, controller and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083