प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीद्धारा खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको लागि शुभकामना
वि.सं.२०८० मंसिर ८ शुक्रवार २०:००
5.06K
shares
shares

काठमाडौ । मनमोहन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा २०८० मङ्सीर ७ गतेदेखि १६ गतेसम्म के.पी. ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पोखरामा सञ्चालन भएको छ ।
उक्त प्रतियोगितामा सहभागी हुन जाने नेपाल प्रहरीका क्रिकेट खेलाडीहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनको लागि अभिप्रेरित गर्नुको साथै शुभकामना व्यक्त गरेका थिए।



































