बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी-२०८० सम्पन्न

4.75K
shares

काठमाडौ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा २०८०/०८/१० गते देखि काभ्रेपलाञ्चोक जिल्ला स्थित धुलिखेल लज एण्ड रिसोर्टमा सञ्चालन भएको २ दिवसीय “बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान सम्बन्धी गोष्ठी-२०८०” सम्पन्न भएको छ ।

उक्त गोष्ठी कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबाट समुद्घाटन भई आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्याताम गोष्ठी कार्यक्रम समापन भएको छ ।

May be an image of 8 people and dais

दुई दिने गोष्ठी कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका एसएसपी दिपक रेग्मीले प्रदेशभित्रको समग्र अपराध अनुसन्धान तथा विद्यमान अवस्था, प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटीबाट साइबर अपराध अनुसन्धानको विद्यमान अवस्था र अनुसन्धानमा देखिएका चुनौतिहरूबारे प्रस्तुत गरेका थिए ।

त्यसै गरी जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलान्चोक जिल्ला न्यायाधिवक्ता र उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ताबाट अनुसन्धानमा देखिएका चुनौतीहरू, अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता र अभियोजनकर्ता बीच समन्वयका क्षेत्रहरूको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

May be an image of 6 people and text

May be an image of 6 people

May be an image of 9 people

May be an image of 9 people and text

May be an image of 6 people and text

May be an image of 8 people

May be an image of 9 people


unigloble collage
baneshwor multiple campus ad -2083