प्रहरी निरीक्षण आधारभूत तालिमका नवनियुक्त प्रहरी निरीक्षकहरुलाई शुभकामना व्यक्त कार्यक्रम सम्पन्न   

6.29K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा विगत एक वर्ष देखि संचालनमा रहेको प्रहरी निरीक्षण आधारभूत तालिमका नव नियुक्त प्रहरी निरीक्षकहरूको प्रहरी सेवामा एक वर्ष पुरा भएको अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीकाे प्रमुख आतिथ्यतामा शुभकामना व्यक्त कार्यक्रम सम्पन्न  भएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथिले प्रहरी सेवामा एक वर्ष पुरा गरेका प्रशिक्षार्थीहरूलाई केक काटी शुभकामना एवम् खुशि प्रकट गर्नु भएको थियो । विगतका आफ्नो सेवा तथा आधारभूत तालिमका प्रारम्भिक दिनहरूलाई स्मरण गर्दै कार्यकारी निर्देशकले तालिममा गरेको मेहनत तथा अनुशासनले दीर्घकालीन रूपमा सफलता दिलाउने र नेपाल प्रहरीको गौरवमय इतिहासलाई अझै सबल बनाउने कुरा व्यक्त गर्नु भयो ।

प्रमुख अतिथिले प्रहरी सेवामा रहेका सम्पूर्ण प्रशिक्षार्थीहरूको लागि आफूले सदैव अभिभावकको भूमिका निर्वाह गर्ने र प्रशिक्षार्थीहरूको पेशागत जीवनको प्रगतिहरू शुक्ष्म रूपमा निहाल्दै सुझाव दिने कुरा यसै अवसरमा निर्दिष्ट गर्नु भयो । साथै उपस्थित सम्पूर्ण प्रशिक्षार्थीहरूलाई आगामी प्रशिक्षण, व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवनको सफलताको साथै खुशियाली जीवनको शुभकामना समेत व्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा नारी विकास प्रतिष्ठानका अध्यक्ष श्रीमती प्रभा शर्मा भण्डारी, प्रहरी निरीक्षक आधारभूत तालिमका संयोजक प्र.उ. प्रभु प्रसाद ढकाल, सह-संयोजक प्र.ना.उ. रामेश्वर पौडेल, प्रहरी निरीक्षकहरु, प्रशिक्षक वर्ग तथा सम्पूर्ण प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।


unigloble collage
baneshwor multiple campus ad -2083