चिनिया उपमन्त्री वाङलाई गोन्जाउ- भैरहवा हवाई उडान सञ्चालन उपाध्यक्ष डा. लामाको आग्रह

7.97K
shares

लुम्बिनी । माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले चीनिया उपमन्त्री वाङ रुइजुन सहितको टोलीसग शिष्टचार भेटवार्ता गरेका हुन् ।

चिनिया उपमन्त्री वाङ रुइजुन सहितको प्रतिनिधिमण्डलका सदस्यहरू ग्वाङ्दोङ, प्रान्तीय समितिको स्थायी समितिका सदस्य र ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टी ग्वाङ्दोङ प्रान्तका स्थायी सदस्य वाङ रुइजुन, ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक, गुआङ्दोङ धार्मिक तथा सांस्कृतिक आदानप्रदान संघका अध्यक्ष झाङ वेई सहितको टोली सग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन्चालन लगायतको विषयमा उपाध्यक्ष डा. लामाले भेट तथा छलफल गरेका छन्

भेटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा चिनिया छलफल गरेका थिए। उपाध्यक्ष डा.लामाले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहजीकरण एवं चीनिया पर्याट्क भित्राउन लागि चीनको गोन्जाउ विमानस्थल बाट दैनिक एउटा हवाई उडान सञ्चालनका लागि चीनिया उपमन्त्री वाङ सग आग्रह समेत गरेका छन् ।

साथै उपाध्यक्ष डा. लामाले नेपाल एउटा सार्वभौम सम्पन्न देश भएको भन्दै दुई देश बीच धार्मिक सांस्कृतिक एव सामाजिक साझेदारी सहितको मित्रवत सम्बन्ध राख्न चाहेको बताएका हुन् ।

लुम्बिनी विश्वको एउटा मात्र बुद्धको पवित्र जन्मस्थल भएको भन्दै यो बौद्धमार्गीहरुको साझा सम्पत्ति भएको कारण लुम्बिनीको समग्र विकासको निम्ति सहयोगको आग्रह समेत गरेका छन् ।

भेटमा लुम्बिनी विकास कोषको तर्फबाट कोषाका कोषाध्यक्ष सिद्धचरण भट्टराई, कोषका कार्यकारी सदस्य श्याम रोक्का, प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राई लगायतको उपस्तिथि रहेको थियो।

  


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083