लुम्बिनीको गुम्बा निर्माणमा उपाध्यक्ष डा. लामाको श्रमदान

7.33K
shares

लुम्बिनी । शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले गुम्बा निर्माण गर्न श्रमदान गरेका छन् ।

युनिभर्सल पिस सेक्रेसी द्वारा आयोजित गुम्बाको पुनःनिर्माणको शिलान्यास समारोहमा सहभागी हुदै उपाध्यक्ष डा.लामा सहितको उपस्तिथिमा बौद्धधर्मगुरु, भक्तजन, समाजसेवी, व्यवसायी संघ रुपन्देहीका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि सहितको संयुक्त उपस्तिथिमा श्रमदान गरिएको हो ।

उक्त गुम्बाको शिलान्यास कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले गुम्बाहरुले लुम्बिनीप्रति अझै गहिरो आस्था महत्त्व र विश्वास सहित सुन्दरता बढाएको कारण यसको विकास संरक्षण र प्रवर्द्धन गर्नु लुम्बिनी विकास कोषको दायित्व रहेको बताएका हुन् ।

विश्व युद्ध र अशान्तिले आक्रान्त बन्दै गएको कुरा अवगत गराउदै उपाध्यक्ष डा.लामाले विश्वमा सबैले बुद्ध र बुद्ध दर्शनको अनुसरण गर्दै जानेको संख्या बढ्दै गएकाले शान्तिको श्रोतकोरुपमा लुम्बिनीलाई विकास गर्न विकास कोष प्रतिबद्ध रहेको बताएका छन् ।

लुम्बिनी परिसरमा विभिन्न देशले आकर्षक बुद्ध गुम्बाहरु बनाइरहेका छन् । गुम्बाहरु पर्यटकका लागि आकर्षण बन्ने गरेका छन् । लुम्बिनीमा धेरैजसो मुलुकले गुम्बा बनाइसकेका छन् भने अमेरिका सरकार तथा दाताहरूको सहयोगमा बनाइने उक्त गुम्बा युनिभर्सल पिस सेक्रेसी फाउन्डेसनले निर्माण गर्ने छ। उक्त संस्थाका अध्यक्ष धर्मगुरु श्याल्पा तेन्जिन रिन्पोछे हुन् ।


divya collage
unigloble collage