Instructor Proficiency Test (IPT) को परिक्षामा सफल भएका प्रशिक्षकहरुलाई Instructor Batch तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

4.34K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिषठानमा संचालन भएको कवाज प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी ५७ जना प्रशिक्षार्थी मध्ये प्र.स.नि. तर्फ पुरुष १९ र महिला ९ गरी जम्मा २८ जना र प्र.ज. तर्फ पुरुष १९ र महिला २० गरी २९ जम्मा जना समाबेश बाह्य प्रशिक्षक प्रविणता परीक्षा Instructor Proficiency Test (IPT) को परिक्षामा सफल भएका प्रशिक्षकहरुलाई Instructor Batch तथा प्रमाणपत्र बितरण गर्ने कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएकाे छ ।

बाह्य प्रशिक्षकको रुपमा खटिने प्रशिक्षकहरुलाई मापन गर्ने, update गर्ने, र एउटै परिधिमा मुल्याकन गर्ने लक्ष्यका साथ IPT शुरु गरिएको थियो । एकपटक IPT उत्तिर्ण प्रशिक्षक ३ बर्षसम्म प्रशिक्षकको लागि योग्य रहने र माथिल्लो ग्रेडका प्रशिक्षकलाई प्राथमिकतामा राखिने व्यवस्था भएको यो परीक्षा संचालनको निमित्त यस प्रतिष्ठानका तालिम शाखा प्रमुख प्र.उ. गोबिन्दराज काफ्लेको संयोजक्त्वमा गठित ५ सदस्य परीक्षा संचालन समितिले यस प्रतिष्ठानमा कार्यरत बाह्य प्रशिक्षकहरुको सहायतामा आज परीक्षा संचालन गरीएको थियो ।

नेपाल प्रहरीमा सेवा विशिष्टटिकरण गरी प्रहरी पेसालाई थप व्यावसायिक, व्यवस्थित र खोजमुलक एबम बैज्ञानिक प्रणालीमा रुपान्तरण गर्दै लैजानुका साथ साथै प्रशिक्षण प्रणालीमा गुणात्मक र समय सापेक्ष सुधारको प्रयत्न स्वरुप विविध आयामबाट संगठनको लक्ष्य प्राप्ति गर्ने महान कार्यमा हरहमेसा प्रयत्नशिल रहनु नै रा.प्र.प्र.प्र. को मुल उदेश्य रहेको समेत प्रमुखले अवगत गराउनु भयो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. रविन्द्र के.सी. , अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य,
प्रतिष्ठानका सह- निर्देशक र अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083