काठमाडौं परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीद्वारा प्रहरी वृत्त किर्तिपुरको निरीक्षण

4.11K
shares

काठमाडौं परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीद्वारा प्रहरी वृत्त किर्तिपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएकाे छ ।

निरीक्षण क्रममा प्रहरी वृत्त किर्तिपुरको कार्यालयमा पुगेर एसएसपी भुपेन्द्र खत्रीले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण गरेका हुन् । ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै एसएसपी खत्रीले देशको परिस्थिति अनुरुप आईपर्न सक्ने जस्तोसुकै आरोह अवरोहहरुलाई समाना गर्न प्रहरी सदैव अग्रपंक्तिमा रहने संगठन भएकाले प्रत्येक प्रहरी कर्मचारी शारीरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहनुपर्ने बताए ।

त्यस्तै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सिंहले प्रहरी सेवा प्रवाह गर्दा जनतालाई नै केन्द्रविन्दुमा राखी जनगुनासोहरुको सम्बोधन गर्दा उच्च सम्मान र आचरणयुक्त व्यवहार गर्न प्रहरीहरुलाई निर्देशन समेत दिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083