नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबीच गोलरहित बराबरीमा खेल सम्पन्न
वि.सं.२०८० माघ ४ बिहीवार १५:२२
shares

काठमाडौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबीच गोलरहित बराबरीमा खेल सम्पन्न भएकाे छ ।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्यले टिमको कप्तानी गरेका थिए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्यले नेपाल प्रहरीको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले खेलमा सहभागि खेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए ।
खेलकुद प्रतियोगितामा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
































