जिल्ला प्रहरी कार्यलय ललितपुरकाे सफलता : लागुऔषध ब्राउन सुगर, पेस्तोलमा लाग्ने गोलीसहित चार जना पक्राउ
वि.सं.२०८० माघ २४ बुधवार २०:०२
4.62K
shares
shares

काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जिल्ला प्रहरी कार्यलय ललितपुरकाे जिम्मेवारी सम्हाले देखि अपराधीक कार्यमा लाग्ने धेरै पक्राउ पर्न थालेका छन् ।
लागुअाैषध ब्राउन सुगर र पेस्तोलमा लाग्ने गोलीसहित चारजना आज पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीबाट सोही नगरपालिका ( ७ का ३१ वर्षीय सुरेश उप्रेती, सोही स्थानका लायेक लिम्बु, प्युठान घर भई भक्तपुर सिरुटार बस्ने मनोज थापा र भारत मधुवन घर भई काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रहरी प्रभाग लुभुका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोषकुमार बुढाथोकीको टोलीले प्रक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा चाँगाथलीका नन्दकुमार कन्दङ्वाको घरबाट उनीहरुलाई बुधबार दिउँसो १ बजे पक्राउ गरिएको थियो ।
उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर, पेस्तोलमा लाग्ने दुई थान गोली अन्य अवैध सामान बरामद गरिएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

















