“लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक समान युग नाटक प्रदर्शनी कार्यक्रम” सम्पन्न
वि.सं.२०८० माघ २४ बुधवार १९:०४
shares

काठमाडौ । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बालाजु बाईसधारा, काठमाण्डौंमा लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक *समान युग* नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त नाटक प्रदर्शनमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरकाे प्रमुख आतिथ्यमा, कार्यक्रमका सभाध्यक्ष सामुदायिक सेवा बोहोराटारका अध्यक्ष शिब कुमार बोहोरा, प्रशासन सचिव अजिता देवकोटा बास्तोला, सल्लाहकार रश्मी पोखरेल, सल्लाहकार सरला भट्टराई बस्नेत, प्रशासन सह-सचिव अनिता ढकाल अधिकारीकाे उपस्थिति रहेकाे थियाे ।
साथै सदस्य प्रेक्ष्यमा गोंगल, सदस्य राधा खतिवाडा पोखरेल र सदस्य अरिना राई, प्रहरी वृत्त बालाजुका प्रमुख प्र.ना.उ. मनोजित कुँवर, विभिन्न वडाबाट पाल्नु भएका वडा अध्यक्षज्यू तथा स्थानिय जनप्रतिनिधीहरु, पत्रकारहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधीहरु, सर्वसाधारण महानुभावहरु, विभिन्न स्कूल/कलेजका शिक्षक तथा विद्यार्थीहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।






























