जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण सम्पन्न

3.78K
shares

ईलाम । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणकै क्रममा उहाँले पर्यटकिय क्षेत्र, धार्मिक स्थल भएको पहाडी जिल्ला ईलाममा शान्ति सुरक्षा कायम राख्न विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नको लागि कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

साथै उहाँले ईलाम जिल्लाका स्थानिय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पुर्व प्रहरी तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्नु भई अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083