एसएसपी कृष्ण हरि शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हाले
वि.सं.२०८० फागुन २ बुधवार २३:२७
3.77K
shares
shares

काठमाडौ । प्रहरी बरीष्ठ उपरीक्षक (एसएसपी) कृष्ण हरि शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हाल्नु भएकाे छ ।
गृहमन्त्रीस्तरको निर्णयानुसार बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा सरुवा भएका एसएसपी कृष्ण हरि शर्माले आज पदभार ग्रहण गर्नु भएको हाे ।
निर्देशनको क्रममा विमानस्थल प्रहरीले सम्पादन गर्ने कार्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत चासो रहने हुनाले समग्र राष्ट्र तथा संगठनको छवी उच्च राख्ने गरि अनुशासित र निष्पक्ष ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएकाे थियाे ।
















