प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेकाे प्रमुख आतिथ्यतामा दर्जानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

3.9K
shares

बारा । जिल्ला प्रहरी कार्यलय बाराकाे कार्यलय प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेकाे प्रमुख आतिथ्यतामा दर्जानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएकाे छ ।


प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा एक तह पदोन्नति भएका प्रहरी हवल्दारहरूलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षकले दर्जानी चिन्ह्र प्रदान गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर /जुनियर कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।