सुनसरी जिल्लाको सिमा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न

4.82K
shares

सुनसरी ।  “सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम -२०८०” “Border Walk and Interaction Program – 2080” सम्पन्न भएकाे छ ।

सुनसरी जिल्लाको सिमा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको निरीक्षण तथा अनुगमन सम्पन्न भएकाे हाे ।

सुनसरीको हरिनगरा गाउँपालिका-७ मा रहेको शशस्त्र प्रहरी बल नेपाल BOP घुस्कीको परिसरमा प्रदेश सांसद ईस्राईल मन्सुरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी,  त्यसै गरि प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सुरक्षा निकायका प्रदेश तथा सुनसरी जिल्लाका प्रमुखहरु,स्थानीय जनप्रतिनिधिहरु र स्थानियवासीहरुको सहभागिता रहेकाे थियाे ।

सीमा क्षेत्रका समस्या, दैनिक उपभोग्य सामानहरुको किनबेच तथा विविध विषयहरुमा “अन्तरक्रिया कार्यक्रम”को आयोजना गरी कार्यक्रम पश्चात सिमा स्तम्भहरुको स्थलगत निरीक्षण तथा अनुगमन भएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083