जिल्ला प्रहरी कार्यलय राैतहटद्वारा मलखाद्य सहित ट्रक र २ जना मानिसहरु पक्राउ

5.81K
shares

राैतहट । जिल्ला प्रहरी कार्यलय राैतहटले  मलखाद्य सहित ट्रक र २ जना मानिसहरु पक्राउ गरेकाे छ ।

भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ६९ बाेरा युरिया मूल्य  (रु.४८,३००)  बराबरकाे मलखाद्य पक्राउ गरेकाे एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।

उक्त मलखाद्य, ट्रक र त्यस कार्यमा ट्रक चालक जिल्ला चितवन टाँडी नगरपालिका वडा नं.१३ बस्ने बर्ष ५६ को सुनिल दरै र ट्रक धनि जिल्ला रत्ननगर नगरपालिका वडा नं.१३ बस्ने बर्ष ५३ को गोबिन्द भुजेललाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  गौर भन्सार कार्यालयमा पठाईएको एसपी श्रेष्ठले जानकारी दिए ।

यतिबेला जिल्ला प्रहरी कार्यलय राैतहटकाे प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ रहेका छन् । उपरीक्षक श्रेष्ठले राैतहटकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ ।  प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083