प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन २२ मंगलवार २१:०५
4.26K
shares
shares

कास्की । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यतामा कानुनी सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.१४ स्थित सगरमाथा मार्ग आमा समूहको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की र राईट फर चिल्ड्रेनको सहकार्यमा उक्त कार्यक्रम भएकाे हाे ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक थापाले टोल विकास संस्था, आमा समूह, विभिन्न स्थानीय व्यक्तिहरुलाई कानुनी सचेतना तथा प्रशिक्षण गर्नु भएकाे थियाे ।





























