मोरङ प्रहरीको सफलता : ज्ञानु राईको हत्यारालाई २४ घण्टा नबित्दै पक्राउ गरी सार्वजनिक

4.21K
shares
माेरङ। १५ वर्षीय किशोरीलाई हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने धिरेनकुमार खाँ चौधरी रहेका छन्।

खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना) को हत्या गरी फरार रहेका चौधरीलाई मंगलबार पूर्वपश्चिम राजमार्गमा पर्ने भाउन्नेको जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ज्ञानकुमारीको शव मोरङको पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलीमा फेला परेको थियो। उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला पारिएको थियो।

शनिश्चरे–१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी ज्ञानकुमारी मामाघर बस्दै आएकी थिइन्। गएराति शौचालय जाने क्रममा उनको हत्या भएको हुन सक्ने बताइएको छ।

राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए।

घटना लगत्तै विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए। घटनाको खबर पाएपछि प्रहरीको टोलीले खोजतलास गर्दै जाँदा चौधरीलाई पक्राउ गरेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083