अन्तर लागू औषध उपचार (पुनस्थापना) केन्द्र स्तरिय पुरुष भलिवल प्रतियोगिता सम्पन्न

3.82K
shares

कास्की । अन्तर लागू औषध उपचार (पुनस्थापना) केन्द्र स्तरिय पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएकाे छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका ९ नम्बर वडा शान्तिवन स्थित रहेको सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको प्राङ्गढमा संचालन गरिएको अन्तर लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र स्तरिय मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको हाे।

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा कास्की जिल्ला स्थितमा रहेका लागू औषध उपचार (पुनर्स्थापना) केन्द्रहरूमा उपचारार्थ रहेका युवाहरूलाई खेल मार्फत उत्पेरणा जगाउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको हाे ।

भलिवल प्रतियोगितामा कास्की जिल्ला स्थित रहेका विभिन्न १० वटा लागू औषध उपचार तथा पुनस्थापना केन्द्रहरु न्यू भिजन लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, मानव संरक्षण लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, नौलो घुम्ती लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, गेटवे फाउण्डेसन लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, सेरेनिटि हाउस लागू औषध तथा मद्यपान उपचार केन्द्र, पिएसएसजी लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, सिएसजी लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, नव जिनव नेपाल लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्रबाट टिम A र टिम B, हाम्रो परिवार नेपाल लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, रिचमण्ड फेलोसिट लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्रको टिम गरी जम्मा ११ टिमको सहभागिता रहेका थिए ।

प्रतियोगितामा सेरेनिटी हाउस लागू औषध तथा मद्यपान उपचार केन्द्र प्रथम, सिएसजी लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र द्धितिय र हाम्रो परिवार नेपालको टिम तितृय स्थान हाँसिल गर्न सफल भएको छ ।

प्रमुख अतिथी प्रहरी उपरीक्षक. मोहन कुमार थापाले आगामी दिनहरुमा समेत यस्ता प्रतियोगिता भईरहने र उपचाररत लागू औषध प्रयोगकर्ताले दैनिक रुपमा खेललाई निरन्तरता दिँदा मानसिक तथा शारीरिक अवस्थामा सुधार आई पुरानो लयमा फर्कन सक्ने भन्दै खेलाडीहरुलाई धन्यवाद तथा प्रथम, द्धितिय र तितृय स्थान हाँसिल गर्ने खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाण पत्र र नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083